मृत्युदण्ड चाहियो

हाम्रो देश, हाम्रो समाज कता जाँदैछ, यो देश र यो समाजमा बस्ने मानिसहरुको मति किन यति धेरै भ्रष्ट भइरहेको छ, सम्झेर ल्याउँदा पनि दिक्क लाग्न थालिसक्यो । आज पूर्वसन्देशमा छापिएको एउटा समाचार पढेर यो संसारमा यस्ता यस्ता नरपशु पनि जन्मिएका रहेछन् भन्ने थाहा पाउँदा यो मन नै विचलित भइरहेको छ । यस्ता नरपशुलाई सजाय दिन हाम्रो देशको कानुन सारै फितलो भएकोले अव बन्ने संविधानमा मृत्युदण्डको प्रावधान चाहिँ राख्नै पर्ने माग हामी सर्वसाधारणले जोडदार रुपमा उठाउनै पर्ने भयो । अस्ती भर्खरै काठमाण्डौंमा घटेको ख्याती हत्याकाण्डका खलपात्र विरेन श्रेष्ठ र आजको यो नन्दकृष्ण थेवेको अपराधको सजाय मृत्युदण्डभन्दा कम त हुनै सक्दैन ।  Continue reading ‘मृत्युदण्ड चाहियो’

सेक्टरप्रमुखले कुटाइ खाए

बेलडाँगी शरणार्थी शिविरमा शरणार्थी युवाको कुटाइबाट एक जना सेक्टर प्रमुख घाइते भएका छन् ।  Continue reading ‘सेक्टरप्रमुखले कुटाइ खाए’

सेरोफेरो


पूर्वमा उत्पादित फलफूलले उचित मुल्य पाउन सकेको छैन । सस्तो मुल्यमा कम गुणस्तरका भारतिय उत्पादनले बजार लिएपछि नेपाली उत्पादनले बजार पाउन नसकेको हो । नेपाल सरकारले किसानहरुलाई सहुलियत दरका कृषि बिउ, मलखाद उपलब्ध नगराएकै कारण नेपाली उत्पादनहरुले बजार पाउन मुस्किल भएको जिल्ला कृषि कार्यालयका बाली बिज्ञान शाखाका गोबिन्द आचार्यले जानकारी दिनुभयो । झापाको काकडभिट्टा नाकाबाट दैनिक ३० लाख रुपैयाँ बराबरको फलफूल भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ ।
अहिले बजारमा आँपको प्रतिकेजी ६० देखि ८० रुपैयाँ प्रतिकेजी र स्याउको मुल्य २ सय रुपैयाँ प्रतिकेजी पर्ने गरेको छ । Continue reading ‘सेरोफेरो’

शरणार्थी सेरोफेरो


झापा दमकको बेलडाँगी २ शरणार्थी शिविरका एकहजार दुइसय ९६ जना शरणार्थीको रक्त समूह परीक्षण गरिएको छ ।
गएको शुक्रबार शुरु बेलडाँगी २ को युवा मैत्री केन्द्रले आयोजना गरेको स्वेच्छिक रक्त समूह परीक्षण कार्यक्रम चार दिन चलेको थियो ।
राष्ट्रसंघिय शरणार्थी आयोगको सहयोगका साथै रगतको समूह थाहा पाउन इच्छुक शरणार्थीबाट जनही दश रुपैंया उठाई यो कार्यक्रम सम्पन्न गरिएको बेलडँगी २ को युवा मैत्री केन्द्रका महिला संयोजक दुर्गा तामाङले बताउनुभएको छ ।  Continue reading ‘शरणार्थी सेरोफेरो’

सेरोफेरो


मोरङको पथरीमा बोल्न र सुन्न नसक्ने एकजना महिला गर्भवती भएपछि परिवारले न्याय दिलाई दिन आग्रह गरेका छन् । अरोप लगाइएका पक्षले भने सामाजिक निर्णय भन्दै जर्वजस्ती ती महिलालाई घर भित्राइएको बताएका छन् ।
वडा नं ८ बस्ने ती ३८ वषिर्या महिलाका आफन्तले आज पथरीमा पत्रकार सम्मेलन गरि बहिनी अन्यायमा परेको बताउँदै न्यायको लागि संचारकर्मी र मानव अधिकारकर्मीसँग आग्रह गरे ।
कार्यक्रममा बोल्दै महिलाका दाजु टंक कोइरालाले सोही वडाका ८० वषिर्य रुपनारायण घिमिरेले आफ्नी बहिनीलाई गर्भवती बनाएको आरोप लगाउँदै उनलाई घिमिरेकै घरमा भित्र्याएपनि परिवारका अन्य सदस्यले शारीरिक यातना दिईरहेको दाबी गर्नु भयो ।  Continue reading ‘सेरोफेरो’

लोपोन्मुख रेडपाण्डा

भारतमा संख्या बढाउन नौलो प्रयोग, नेपालपट्टि प्रयास छैन

redpanda2
चोरी सिकारी रोक्न प्रशासनले संरक्षित वन क्षेत्रमा र्सवसाधारणलाई हिंडडुल र प्रवेश गर्न निशेध गर्ने नियम हुन्छ । कतिपय अवस्थामा राष्ट्रिय निकुंज वा बन्यजन्तु आरक्षमा नाकाबन्दी पनि लगाईन्छ । सुरक्षाकर्मी गौंडा गौंडामा परिचालित भई अहोरात्र गस्तीपनि गर्दछन् । प्रशासनका तर्फबाट हरसंभव प्रयास हुन्छ ।
तर इलामको सन्दकपुरसँग सीमा जोडिएको भारतको दार्जिलिङ जिल्ला स्थित सिंहलिला राष्ट्रिय निकुन्जमा यस्ता समस्या कमै छन् । नत त्यहाँ जंगली जनावारको चोरीसिकारी हुन्छ न रुखहरु नै ढालेर तस्करी गरिन्छ । चोरी सिकारी गर्ने मानिस छैनन यो क्षेत्रमा । अधिकांशको जीवन पर्यटन व्यवसायकै भरमा चलेको छ ।
तर निकुंजले भने तीन महिनाकालागि संरक्षित क्षेत्रमा एक्लै दुक्लै हिंड्न वा समूहमा होहल्ला गर्न समेत प्रतिबन्ध लगाइदिएको छ । रुख ढालेको भेट्टाए गोली हान्ने सम्मको अधिकार पाएका छन् सुरक्षाकर्मीले । जंगली जनावर जिस्काउने पनि सजायको भागि हुन सक्छन् । Continue reading ‘लोपोन्मुख रेडपाण्डा’

सेरोफेरो


गएराति झापाको लखनपुर-१ मा भएको मोटरसाइकल दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा गरामनी २ का युवराज खड्का रहेका छन् । पश्चिमबाट पूर्वतर्फ गइरहेको मे १ प ३१४८ नम्बरको मोटरसाइकलमा सबार खड्का सडक बनाउन राखिएको ढुँगामा ठोक्किएर घाइते भएका हुन् ।  Continue reading ‘सेरोफेरो’

बेलडाँगीमा बृहत साँस्कृतिक, साहित्यिक तथा साँगितिक कार्यक्रम

1
झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा बृहत साँस्कृतिक, साहित्यिक तथा साँगितिक कार्यक्रम -२०६६ आयोजना गरिएको छ ।
भुटान गजल मञ्च र स्रष्टा मञ्चको आयोजना तथा गन्तव्य थिएटरको विशेष सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रममा गजलकार टंक बयलकोटीको अनुभुति गजल संग्रह र गजल गायक अर्जुन रसाइलीको गजल एल्बम भावको बिमोचन तथा लोकार्पण गरिएको थियो ।  Continue reading ‘बेलडाँगीमा बृहत साँस्कृतिक, साहित्यिक तथा साँगितिक कार्यक्रम’

सेरोफेरो


बर्खा यामको शुरुवात सँगै झापा र इलामका बिभिन्न वनबाट खोलाको बाटो हुदैँ तस्करी हुने गरेको रहस्य खुलेको छ ।
बेलुकाको समयमा तस्करहरुको सन्जालले जाली बाधेर काठ कन्काई नदीमा बगाएर सिमावर्ती इलाकासम्म पुर्याउने गरेका छन् । खासगरी सखुवा, सिमल, टिक जातका काठहरु त्यसरी लैजाने गरेको स्थानियबासीहरुले बताएका छन् ।  Continue reading ‘सेरोफेरो’

ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी

पैसाको भोकkhyatee

जुवा खेल्ने लतले मेरो सबै रकम क्यासिनोमा स्वाहा भयो । तर पनि यस्तो बानी रोकिएन । क्यासिनो नेपालमा मात्र एक लाख १२ हजार रुपैयाँ ऋण लिएको थिएँ ।श्रीमती क्यानाडामा छिन् । उनले पनि पैसा पठाउन छाडिन् । त्यसैले पैसा जुटाउने उपायतिर लागे । जेठ ५/६ गते होला दुई छोरीसहित ख्यातिको कोठामा खाना खान गएँ । उनको बुबाले छोरीलाई के पढाउने होला भनेर सल्लाह मागे । कुरै कुरामा पाइलट पढाउने विषयमा कुरा भयो । उनका बुबाले पाइलट पढाउन चाहिने २०/२५ लाख जुटाउन सक्ने कुरा बताए । यो सुनेपछि मैले ख्यातिको अपहरण गरेर उनका बाबुसँग १० लाख असुल्ने योजना बनाएँ । Continue reading ‘ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी’


May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Blog Stats

  • 16,724 hits